सुर्खेत । बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि विभिन्न उम्मेदवारी दर्ता भैसकेको छ । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टिबाट नगरप्रमुखमा केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरि र नगरउपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान गणेश मन्दिरबाट राप्रपा सुर्खेतका सबै वडा र नगरका प्रतिनिधिहरुले “भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो” भन्ने बाचा गरेर सुर्खेत चुनावी अभियान सुरु गरेको छ ।
आज विरेन्द्रनगरको विभिन्न वडामा घरदैलो अभियान रहेको राप्रपा सुर्खेतले जानकारी दिएको छ ।
राप्रपाबाट वीरेन्द्रनगरका मेयर गिरिले “राप्रपाको मुख्य यजेण्डामा रहेर विरेन्द्रनगरको बिकासमा कटिबद्ध रहने बाचा गर्नुभयो ।”
देशभर राप्रपामा देखिएको जनलहरलाई मध्यनजर गर्दै राप्रपाले सबै स्थानीय तहमा सक्षम उम्मेदवार छनोट गरेको र जनताले पनि छनोट गरिएका उम्मेदवारलाई रुचाउने राप्रपा प्रबक्ता ज्ञानेन्द्र शाहिले कर्णाली मिडियालाई जानकारी दिनुभयो ।
भिडियोमा हेर्न
संवाददाता । बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित