Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन ५३ जिल्लामा निवेदन आह्वान



सरकारले भूमिहीन, सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ ।

भूमि समस्या समाधान आयोगले बिहिवार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।


आयोगले सात प्रदेशका ५३ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिन पाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार