सरकारले भूमिहीन, सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ ।
भूमि समस्या समाधान आयोगले बिहिवार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

आयोगले सात प्रदेशका ५३ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिन पाउने आयोगले जनाएको छ ।
संवाददाता । बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित