सुर्खेत। ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
मिड भ्याली एसएस कलेज सानोठिमी भक्तपुरको सहकार्यमा ग्रेस इन्टरनेशनलले सात प्रदेशका एक÷एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो ।
वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु रबिन मण्डल (कोशी), रुपेश यादव (मधेश), रोमन भट्टराई (बाग्मती), प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्णाली) र लोकेश चन्द (सुदुरपश्चिम) लाई छात्रवृत्तिमा अध्ययनका लागि प्रमाणपत्र प्रदान गरिएको छ ।

कालुङचोक क्रिकेट मैदानमा विहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रमाणपत्र प्रदान गरे । ग्रेस इन्टरनेशनल सुर्खेतका निर्देशक विशाल ढकालले खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट संघ, कर्णाली प्रदेशलाई क्रिकेट सामग्रीहरु समेत प्रदान गरेको थियो ।
संवाददाता । बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित