सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्यामेरा तथा फोटोग्राफी उपकरणहरूको व्यापक सुविधा दिने उद्देश्यले “द क्यामेरा हाउस” सञ्चालनमा आएको छ । करिब २० लाख रुपैयाँको लगानीमा वीरेन्द्रनगरस्थित सुपरमार्केट बजारमा हाउस सञ्चालनमा आएको हो । सो पसलको आइतवार एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ ।
क्यामेरा हाउसमा २० हजारदेखि ४ लाख रुपैयाँसम्म मूल्य पर्ने विभिन्न प्रकारका क्यामेरा तथा फोटोसुटका लागि आवश्यक उपकरणहरू उपलब्ध भएको सञ्चालक लोकजंग शाहीले जानकारी दिए । उनले यो व्यवसायमार्फत दुई जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको बताए । ‘हामीले देशभरका ख्यातिप्राप्त ब्रान्डका क्यामेराहरू राखेका छौं,’सञ्चालक शाहीले भने, ‘ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार सहज रूपमा छान्न सक्ने वातावरण बनाएका छौ ।’

उनले स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले क्यामेरा व्यवसाय सुरु गरेका बताए । हाउसमा फोटो तथा भिडियो सुटका लागि प्रयोग हुने स्टुडियो लाइट, ट्राइपड, लेन्स, स्ट्याबिलाइजर, मेमोरी कार्ड, माइक जस्ता अन्य उपकरणहरू पनि पाइने उनको भनाइ छ । ग्राहकलाई क्यामेरा किन्नु अघि आवश्यक परामर्श र डेमो सुविधा पनि उपलब्ध गराइने सञ्चालक शाहीले जानकारी दिए ।सञ्चालक शाहीले आगामी दिनमा क्यामेरा प्रयोग, फोटोग्राफी तालिम, भिडियो एडिटिङ तथा डिजिटल सामग्री उत्पादनसम्बन्धी तालिम कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको बताए । उनले नयाँ क्यामेरा बेच्नुका साथै भाडामा पनि पाइने बताए । उनले आफुहरु केवल व्यापारमै मात्र नभई नयाँ पुस्तालाई फोटोग्राफी र भिडियोग्राफी क्षेत्रमा दक्ष बनाउन पनि भूमिका खेल्ने बताए ।
संवाददाता । आइतबार, असार ०१, २०८२ मा प्रकाशित