काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।
यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।


संवाददाता । सोमबार, असार ०२, २०८२ मा प्रकाशित