सुर्खेत । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको चिनियाँ विज्ञ टोलीले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, ग्याँस मिथेन हो भन्ने पुष्टि भएको छ र विस्तृत रिपोर्टपछि उत्पादन प्रक्रिया सुरु गरिनेछ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए ।
यो ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने क्षमता राख्दछ। “डिसेम्बरसम्म विस्तृत रिपोर्ट आउनेछ, त्यसपछि परीक्षणको रुपमा उत्पादन सुरु हुन्छ,” मन्त्री भण्डारीले भने।
संवाददाता । बिहिबार, असार ०५, २०८२ मा प्रकाशित