सुर्खेत । युवा समिति सुर्खेतको प्रथम अधिबेशन बाट बलभद्र पुरीको अध्यक्षतामा सर्वसम्मतरुपमा १५ सदस्स्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । अधिवेशनले समितिको उपाध्यक्षमा तुल्सि गिरी, सचिवमा उत्तम गिरी , कोषाध्यक्षमा बिबेक गिरी चयन गरेको छ ।
त्यसैगरि सदस्यमा अशेस गिरी, लक्षमी गिरी, दिनेश पुरी, सरोज पुरी , मोती गिरी , चन्द्रप्रकाश भारती , भक्तराज भारती , शुसिल गिरी, मुस्कान बन, हरी पुरी र सुजन गिरी रहेका छन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष पार्बती गिरीले समाजमा युवाको भुमिका ठुलो रहेको बताउँदै दशनामीले समाजमा आफ्नो पहिचान बनाईसकेको बताउनु भयो । उहाले दशनामीको ईतिहास र वर्तमानका बारेमा प्रस्ट पार्दै समाज युवाले नै परिवर्तन गर्न सक्ने हुँदा युवाहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि दशनामी समाज सुर्खेतका अध्यक्ष तिर्थराज पुरीले समितिको काम, कर्तव्य र महत्वको बारेमा प्रस्टाउदै दशनामीहरुको विरासत बारे बुझाउन नसक्दा अहिले पनि थुप्रै चुनौति सहनु परिरहेको बताउनुभयो । समाजका काम, गतिविधि सांगठनिक रुपमा हुने गरेको भएपनि चलायमान हुन नसक्नुको कारण पहिचान गरि गतिशील बनाउन अब ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले दशनामीहरुको संस्कारमा एकरुपता कायम गर्न, संगठनमा कोषको व्यवस्था प्रभावकारी बनाउन र संगठनमा युवा सहभागीता सक्दो बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाल दशनामी युवा समितिका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले युवाको साथमा आफु सधै रहेको बताउँदै युवालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताए । ‘समाजलाई सकारात्मक परिवर्तन गर्न युवाहरुको महत्वपुरण भुमिका रहनेभएकाले युवाहरु एकजुट हुन आबश्यक रहेको बताए ।
यस्तै नेपाल दशनामी युवा समिति चयन सङै शनिबार नै बसेको पहिलो कार्यसमिति बैठकले अधिबेशन सफलतापुर्बक सम्पन्न गराउन पहल गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै युवा समितिको सल्लाहकार समिति चयन गरेको छ । जसमा डा। सरोज गिरी, भुवन पुरी , डा। पदम गिरी , बिनोद गिरी, सुदिप पुरी र गणेश कन्चन भारती रहेका छन ।
संवाददाता । शनिबार, असार ०७, २०८२ मा प्रकाशित