Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा रास्वपाद्धारा राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर संकलन



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको राजनीतिक हस्तक्षेप विरुद्ध जनताको हस्ताक्षर संकलन गरेको छ ।

रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार वीरेन्द्रनगरको मंगलगढी चोकमा हस्ताक्षर संकलन गरिएको हो । रास्वपाका जिल्ला सभापति रमेशकुमार सापकोटाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै ‘जनताको हस्ताक्षर संकलन अभियान’ सञ्चालन गरिएको बताए । लामिछाने हाल सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । हस्ताक्षर अभियानमा उल्लेख्य संख्यामा सचेत नागरिकले समर्थन जनाएको उनको भनाई छ ।


जिल्ला सभापति सापकोटाले भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखक राजीनामा माग्दै सडकदेखि सदनसम्मको आन्दोलन पनि शुरु भएको बताए ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार