सुर्खेत । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।
कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दा लिएर गत जेठ ४ गते यात्रा सुरु गरेका बोहरा ३१ दिनमा काठमाडौं आइपुगेका थिए।
प्रधानमन्त्रीलाई भेटेर आफ्ना अनुभव र यात्रामा देखिएका समस्याबारे जानकारी गराएका बोहरालाई प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान जारी राख्न सुझाव दिएका थिए। स्वास्थ्य र परिवारको ख्याल गर्न आग्रह गर्दै ओलीले बोहराको प्रयासको सराहना पनि गरे।

भेटपछि बोहराले पहिलो चरणको अभियान सकिएको जनाउँदै अब जुत्ता लगाएर, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन्।
संवाददाता । आइतबार, असार ०८, २०८२ मा प्रकाशित