Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा लागूऔषध नियन्त्रणका लागि विशेष चेकजाँच – कुकुरसहित प्रहरी परिचालन



सुर्खेत । लागूऔषध नियन्त्रणका लागि सुर्खेतमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगद्धिश्वर उपाध्याय र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीको कमाण्डमा चेकजाँच टोली परिचालन गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा सुर्खेत (हाल कोहलपुर, बाँके) बाट प्रहरी नायव निरीक्षक विष्णु पौडेलको कमाण्डमा तालिम प्राप्त दुई कुकुरसहित पाँच जना प्रहरीको टोली समेत चेकजाँचमा खटिएको थियो ।


जिल्ला भित्र प्रवेश गर्ने सवारी साधन तथा सीमा नाका, सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत छेडा चेकपोष्ट, सुर्खेत बसपार्कबाट छुट्ने सार्वजनिक तथा निजी लामो तथा छोटो दुरीका सवारी साधन, मालबाहक ट्रक, अटो रिक्सालगायतमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ओसारपसार नियन्त्रण गर्न विशेष अभियानहरु सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार