सुर्खेत । सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत घण्टाघर क्षेत्रको उत्तरतर्फ सूचना प्रविधि (आईटी) जोन निर्माण गर्ने भएको छ। नगरभित्र डिजिटल पूर्वाधारको विस्तार र सूचना प्रविधिमा आधारित सेवाहरूलाई प्रवर्द्धन गर्न आईटी जोन निर्माण गर्न लागिएको हो।
“शैक्षिक ,प्रशासनिक, पर्यटकीय शहरः स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” भन्ने मुल नाराका साथ सुरु भएको वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले यसबारे जानकारी दिएकी हुन्। उनले नगरलाई डिजिटल प्रविधिमा सक्षम बनाउँदै युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले आईटी जोनको अवधारणा अघि बढाइएको बताइन्।
“हामीले घण्टाघरको उत्तरतर्फको क्षेत्रलाई आईटी हबको रूपमा विकास गर्ने योजना बनाएका छौँ,” नगरप्रमुख ढकालले भनिन्, “यसले नगरभित्र प्रविधिमा आधारित स्वरोजगार, उद्यमशिलता र डिजिटल सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिएका छौँ।”







संवाददाता । मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित