नेकपा एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्न सक्ने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ । ११२ घनमिटर रहेको जुन प्रारम्भिक रिपोर्ट आएको छ,’ ज्ञवालीले अघि भने, ‘त्यसले मुलुकको आर्थिक विकासका लागि ठूलो संवाहक बन्न सक्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’







संवाददाता । बुधबार, असार ११, २०८२ मा प्रकाशित