सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा शिक्षामा लगानि बिषयमा छलफल भएको छ । स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा बिभीन्न राजनितीक दलका घोषणापत्र तथा योजनाहरुमा गुणस्तरिय शिक्षाको मुद्धालाई उठाउने निर्वाचन पश्चात यसको कार्यान्वयन गरी शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने यो कार्यक्रमको उद्धेश्य रहेको छ ।
गैर सरकारी संस्था महासंघ सुर्खेतको समन्वय तथा शिक्षाका लागि राट्रिय अभियान सुर्खेतको आयोजनामा शिक्षा सरोकारवाला, युवा तथा बिभीन्न साझेदार संथाका प्रतिनीधीहरुको उपस्थीतीमा अन्तरक्रियात्मक छलफलबाट बिभीन्न सुझबहरु संकलन गरिएको थियो ।
कार्यक्रममा शिक्षाका लागि राट्रिय अभियान जिल्ला संयोजक भुपेन्द्र प्रसाद कडेल तथा सहभागी सर्मिला बिसी, मिना शाही, चमेली जिसी लगायतले आफ्नो बिचार राख्नुभएको थियो । औपचारीक कार्यक्रमको अध्यक्षता गैर सरकारी संस्था महासंघ प्रदेस अध्यक्ष घनश्याम केसीले गर्नुभएको थियो ।
संवाददाता । बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित