सुर्खेत । चर्चित गायिका इब्शल संज्याल सुर्खेत आउँने भएकी छिन्। यही असार १५ र १६ गते इन्फर्मेटिक कन्सल्टेन्सी, सुर्खेतले आयोजना गर्ने “ग्राण्ड मल्टी डेस्टिनेशन एजुकेशन सेमिनार”मा सहभागी हुन उनी वीरेन्द्रनगर आउन लागेकी हुन्।
गायिका संज्याल इन्फर्मेटिक कन्सल्टेन्सी, सुर्खेतकी ब्रान्ड एम्बेसडर समेत हुन्। सेमिनारका अवसरमा उनको सांगीतिक प्रस्तुति समेत रहनेछ।
वीरेन्द्रनगर–३, सिद्धापाइला चोकस्थित इन्फर्मेटिक कन्सल्टेन्सीमा आइतबार र सोमबार सञ्चालन हुने सो सेमिनारमा विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विभिन्न देशका कलेज प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श तथा प्रशिक्षण प्रदान गर्नेछन्।

कार्यक्रमका अवसरमा जापनीज भाषा अध्ययनका लागि भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क भाषा कक्षा प्रदान गरिनेछ भने IELTS र PTE को तयारी कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट समेत दिइने इन्फर्मेटिक, सुर्खेतका सञ्चालक डा. लक्ष्मीचन्द्र न्यौपानेले जानकारी दिए।
न्युजिल्याण्डका लागि सबैभन्दा धेरै भिसा आवेदन सफल गराएको यस कन्सल्टेन्सीले विगत १९ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सेवा दिँदै आएको छ।
संवाददाता । शुक्रबार, असार १३, २०८२ मा प्रकाशित