Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० डाँफेमा जङ्गली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन्।

बिहान करिब ९:३० बजे च्याउ सेवन गरेका उनीहरूलाई बेलुका ४:५५ बजे उपचारका लागि मेहलकुना अस्पताल सुर्खेत ल्याइएको हो। बिरामीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको र सबै जना बोल्न सक्ने अवस्थामा रहेको मेहलकुना अस्पतालले जानकारी दिएको छ।


च्याउ खाँदा बिरामी हुनेमा भिमसरा खत्री, शुसिला श्रीष, जानकी पौडेल, तारा खत्री र शिरिष खत्री रहेका छन्।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार