Karnali Media
२०८३ भदौ २९ , सोमबार

सुर्खेत बसपार्कमा यात्रु तान्नेहरूमाथि प्रहरीको कडाई



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्कमा यात्रु तान्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले कडाई गरेको छ। नगर प्रहरी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा यात्रुहरु तान्ने र यात्रा असहज बनाउने कार्यमा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेको हो।

बसपार्कमा लामो समयदेखि यात्रु तानातान गर्ने, सेवाग्राहीलाई असहज बनाउने जस्ता गतिविधिहरू बढेपछि प्रहरी सक्रिय भएको हो। पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्य नियन्त्रणमा ल्याउन नियमित अनुगमन र कारबाही जारी रहेको छ।

कर्णाली प्रदेशको सबैभन्दा ठुलो र यात्रुहरुको चाप हुने बसपार्कमा यात्रु तान्ने नकारात्मक गतिबिधीका कारण यहाँबाट यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नुका साथै असहज परिस्थिती समेत सिर्जना हुने गरेको छ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार