काठमाडौं । निर्वाचन आयोगको पूर्वनिर्धारित तालिका अनुसार आज दलहरलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज आयोगले दलका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
आयोगले गत आइतबार र सोमबार दलहरुलाई उम्मेदवारी मनोनयन गर्न अह्वान गरेको थियो । उक्त उम्मेदवारीमाथि उजुरी गर्न वा परेका उजुरीमाथिको छनविनपछि शुक्रबार आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
आजको निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रमपनि सम्बन्धित निर्वाचन सम्बन्धि निर्वाचन अधिकृतका कार्यालयमा हुने आयोगले जनाएको छ ।
कुन पार्टीले कति पदमा उम्मेदवारी दिए ?
स्थानीय निर्वाचनकान लागि मुलुकभर ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । साथै स्वतन्त्र उम्मेदवारी समेत उल्लेख्य परेको निर्वाचन आयोगले जनाएको छ । जसमा नेकपा एमालेले सबैभन्दा बढी स्थानमा उम्मेदवारी दिएको छ । उसले ३३ हजार ५०३ पदमा उम्मेदवारी दर्ता गरेको छ ।
दोस्रोमा काँग्रेसले ३१ हजार ४२५ र माओवादी केन्द्रले २२ हजार २७९ पदमा उम्मेदवारी दिएको छ । एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार त्यस्तै जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाएको छ । लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । त्यस्तै स्वतन्त्रबाट १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता दर्ता गराएका छन्
संवाददाता । शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित