Karnali Media
२०८३ भदौ २५ , बिहीबार

सुर्खेतमा मुद्दा मिलाइ दिने भन्दै रकम असुली गर्ने दुई जना पक्राउ



सुर्खेत । मुद्दा मिलाइ दिने बहानामा हिरासतमा रहेका व्यक्तिको परिवारसँग ५० हजार रुपैयाँ असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई छुटाइदिने र मुद्दा मिलाइ दिने भन्दै रकम असुली गर्ने दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–३ शान्तीबजार घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा डेरा गरी बस्ने करिब ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका–१३ इन्द्रपुरकी ३४ वर्षीया मुना चन्द रहेका छन्।


उनीहरूले प्रहरी प्रशासन मिलाउनुपर्छ, नत्र तपाईंको मान्छे जेल जान सक्छ भन्ने धम्की दिँदै हिरासतमा रहेका व्यक्तिको परिवारबाट ५०,००० रुपैयाँ वेइमानीपूर्वक असुली गरेका थिए। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा नियन्त्रणमा लिइ सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार