Karnali Media
२०८३ भदौ २५ , बिहीबार

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, पाँच घाइते



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा खेतमा रोपाइँ गरिरहेको समयमा चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार स्थानीय बिर बहादुर थापाको खेतमा रोपाइँ गर्दै गर्दा चट्याङ परेको प्रहरीले जनाएको छ। चट्याङ लागेर डिल बहादुर शाही गम्भीर घाइते भएका थिए। उपचारको क्रममा मेहलकुना अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।


घटनामा परेर घाइते हुनेहरूमा १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार