Karnali Media
२०८३ भदौ २९ , सोमबार

भेरी नदीमा पुलबाट हाम फालेर एक पुरुष वेपत्ता, खोजी कार्य जारी



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० स्थित भेडावारीको भेरी नदीमा पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन्।

बुधबार दिउँसो करिब साढे २ बजे गुर्भाकोट नगरपालिका–११ सिमखोलीका ६० वर्षीय गोपाल वलीले भेरी नदीमा हाम फालेको जानकारी प्राप्त भएपछि घटनास्थलमा खोज तथा उद्धारका लागि प्रहरी टोली खटिएको छ।


इलाका प्रहरी कार्यालय मेहलकुनाबाट प्रहरी निरीक्षक भुपेन्द्र अधिकारीको कमान्डमा पाँच जनाको टोली खटिएको छ। हाल वलीको अवस्था अज्ञात छ भने उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार