Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेखमा चट्याङ लागेर एक महिला गम्भीर घाइते



दैलेख । दैलेख जिल्लामा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।

आइतबार साँझ परेको चट्याङ लागेर नारायण नगरपालिका–७ किमुगाउँका ३८ वर्षीया भरतदेवी खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिएका छन् । चट्याङ लागेर घाइते भएकि खड्काको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको उनले बताए ।


प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार