Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन एमालेको माग



राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

उनले ओली क्याबिनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोपसँगै नेपालले विश्वमै कीर्तिमान राखेको टिप्पणी गरे ।

उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ।’


सांसद शाहीको भनाइमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति गरिन् । प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन उनले माग गरिन् । समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाइन् ।

सभामुख घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरे ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार