राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
उनले ओली क्याबिनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोपसँगै नेपालले विश्वमै कीर्तिमान राखेको टिप्पणी गरे ।
उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ।’
सांसद शाहीको भनाइमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति गरिन् । प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन उनले माग गरिन् । समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाइन् ।
सभामुख घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरे ।







संवाददाता । मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित