सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार, (मन्त्रिपरिषद्) बाट निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवक्ता-उपसचिव उत्तम गौतमले जानकारी दिए ।

संवाददाता । बुधबार, असार ३२, २०८२ मा प्रकाशित