Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतकी दुई बालिका भक्तपुरमा झुन्डिएको अवस्थामा मृत फेला



भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

सुर्खेतकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल आज बिहान डेरा लिएको घरको प्यासेजमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।


उनीहरू नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार