Karnali Media
२०८३ भदौ २२ , सोमबार

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ।

सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।


अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाका नेता प्रमोद न्यौपानेले बताए। उनका अनुसार अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर वडा तहमा चलाइरहेको छ।

विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको भन्दै अभियान केही लामो समयसम्म चल्ने देखिएको बताए। अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको उनले बताए।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार