कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्।
अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारू र न्यायाधीश पुनम चन्द सिंहको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छोडिएको अदालतले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकका संस्थापक अध्यक्ष रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७, पूर्व अध्यक्ष मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार, वित्त प्रमुख ठकुरीसँग २६ करोड ६३ लाख ९९ हजार असुल गर्ने गरी मुद्दा दायर गरेको थियो।
संवाददाता । बुधबार, साउन २१, २०८२ मा प्रकाशित