सुर्खेत । ह्याण्डबल पछिलो समय नेपालमा लोकप्रिय बन्दै गईरहेको छ । ह्याण्डबल खेलाडिले देखाएको प्रदर्शन र नेपालमा यसको विस्तारले यो खेल रुचाईदै गएको हो । २०३६ सालमा ह्याण्डबल नेपालमा भित्रीयको थियो । तर कर्णालीमा भने झण्डै ३६ बर्ष पछि अथवा २०७२ मा कर्णाली भित्रीएको थियो । कर्णालीमा ह्याण्डबल भित्र्याउने तथा कर्णालीका ह्याण्डबल सारथि हुन भुवन शाही ठकुरी उनकै पहलमा कर्णाली ह्याण्डबल भित्रीएको थियो ।
को हुन भुवन शाही ?
कालिकोट जिल्लमा २०५४ साल असार ६ गते जन्मिएका भुवन शाही सानै उमेरदेखी खेलप्रेमी थिए उनको सनै देखिको खेलप्रतिको माया र मोहले उनलाई खेलक्षेत्रमा लाग्न प्रेरित गर्यो, उनले पोखरामा ह्याण्डबल सिकेका थिए, निरन्तरको प्रयासपछी उनले थुप्रै स्थानिय तथा राष्ट्रिय स्तरको ह्याण्डबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शाहिले २०७३ सालमा बंगलादेसमा पहिलो अन्तरास्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । यसपछी पनि उनले थुप्रै खेल खेले २०७५ मा पाकिस्तानमा भएको ह्याण्डबल प्रतियोगितामा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गरे । उनले हालसम्म सात भन्दा बढी राष्ट्रिय खेलहरु खेलिसकेका छन । अहिले उनी कर्णालीमा ह्याण्डबलको बिकास र ह्याण्डबल खेलाडिको लागि सहयात्री बनिरहेका छन ।
कर्णालीमा ह्याण्डबल
भुवन शाहिले कर्णालीमा ह्याण्डबल भित्राएसङ्गै यसको बिकासमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेका छन । सुरुवाती दिनहरुमा उनले पारिवारिक सहयोगमै ५ वडा स्कुलमा सहभागितामा स्कुल स्तरको ह्याण्डबल प्रतियोगिता गरेर कर्णालीमा पहिलो ह्याण्डबल प्रतियोगिता सम्पन्न गरेका थिए । निरन्तर ह्याण्डबलका कार्यक्रमहरु हुँदै जादा अहिले झण्डै ५५ भन्दा बढि बिधालयहरु सहभागी हुने गर्छन ।
यस्तै उनले कर्णाली प्रदेसका दैलेख, सुर्खेत, कालिकोट र सल्यान जिल्लाका २८ जना ह्याण्डबल खेलाडिहरु उत्पादन गरिसकेका छन । शाहिले नै ह्याण्डबलमा ल्याएका २ जना खेलाडीहरु अहिले अन्तराष्ट्रिय खेलाडी बनिसकेका छन ।
संवाददाता । आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित