Karnali Media
२०८३ भदौ २९ , सोमबार

सुर्खेतको बबईबाट बिना बिलबिजकका सामान बरामद



सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा खटिएको प्रहरी टोलीले बिना बिलबिजकका सामान बरामद गरेको छ।

भदौ ४ गते राति ९:४५ बजे कप्र १०१५ नम्बरको ई–भि गाडी नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा भन्सार छलि गरी ल्याइएका विभिन्न कपडाका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।


बरामद गरिएका सामानमा ६५ पिस साडी, ३६ पिस कुर्ता सुरुवाल र ३२ पिस लेडिज कुर्ति रहेका छन्। बरामद सामग्रीहरूको कुल अनुमानित मूल्य रु. दुई लाख अठार हजार बराबर रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार