सुर्खेत : सुर्खेतमा कर्णाली पतंजली आरोग्य केन्द्र संचालन भएको छ । सन्तुलित आहार र स्वस्थ जिवनको लागि कर्णाली पतंजली आरोग्य केन्द्रको सुरुवात गरिएको हो ।
कर्णालीमा अर्गानिक चिजको हुँदै गएको साथै विभिन्न रोग बढ्दै गएको हुनाले सन्तुलित आहार र स्वस्थ्य जिवनको लागि स्थानिय स्रोत साधनबाट उत्पादित वस्तुको प्रयोग बढाउने उद्देश्यले यसको सुरुवात गरिएको कर्णाली पतंजली आरोग्य केन्द्रका अध्यक्ष शिवप्रसाद गौतमले बताएका छन् ।
अर्गानिक खाध्यवस्तुको प्रयोग गरेर स्वस्थ बनाउने र उपचार गर्नै परेमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गौतमको भनाई छ ।
उद्घाटन समारोहमा बोल्दै उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले कर्णाली जल, जमिन र जङ्गलको धनी भएकोले यसको सदुपयोग गरेर आयआर्जन बढाउनु पर्ने जोड दिएका छन् ।
यस्तै, आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विरेन्द्रनगरका मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले पनि कर्णालीका अमुल्य जडिबुटी बाहिर निर्यात गर्न रोकेर कर्णाली मै उत्पादन बढाउनु पर्ने बताएका छन् । नाफा कमाउने मात्र नभएर अर्गानिक वस्तु उत्पादन गरेर आत्मनिर्भर बनाउने संचालक तथा वैद्य शेर बहादुर खड्काको भनाई छ ।
वैद्य तथा योग थेरापिलाई जोड दिएर उपचार गरिने पनि उनको भनाई छ ।
कर्णालीका दशै वटा जिल्लामा आरोग्य केन्द्रको विस्तार गरेर लघु उघोग खोल्ने योजना रहेको छ । उपभोगकर्ताको निम्ति समृद्धि कार्ड उपलब्ध रहेको छ । कार्डको प्रयोग गर्दा ५ देखि ७ प्रतिशत छुट हुने साथै विमा पनि गरिने आरोग्य केन्द्रले जनाएको छ । समृद्धि कार्ड लिदा ५ सय रकम तिर्नुपर्ने छ ।
संवाददाता । आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित