सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीवार दिउँसो करिब २ बजे गोप्य सूचनाका आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले होटलको ३०५ नं. कोठामा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूबाट नगद रु. ४१ हजार ५२५ र १२ बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।






संवाददाता । बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित