Karnali Media
२०८३ असार १ , सोमबार

आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना



आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।

भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।


आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतले जनाएको छ ।

अदालतका अनुसार ८ हजार ३ सय रुपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहत कोषमा दुई(दुई सय बुझाउनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार