कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि जेनजीको आन्दोलनले उग्र रुप लिँदा विभिन्न सार्वजनिक तथा व्यक्तिगत सम्पतीमा क्षती पुगेको छ। यस्तो छ क्षतीको विवरण।
१- वीरेन्द्रनगर नगरपालिकाकाे कार्यालयमा तोडफोड
२- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड
३- सुर्खेत उपत्यका खानेपानी कार्यालय आगजनी
४- मुख्यमन्त्री यामलाल कँडेलले सरकारी निवासमा आगजनी
५- सरकारी वकिल कार्यालयकाे गाडी आगजनी
६- प्रदेश लेखा नियन्त्रककाे कार्यालय तोडफोड आगजनी
७- नापी कार्यालयमा तोडफोड आगजनी
८- कर्णाली प्रदेश सभा आगजनी
९- वीरेन्द्रनगरकाे सिटिहल तोडफोड आगजनी
१०- वीरेन्द्रनगर नगरपालिका १,३,४,५,६,७,८,९,११,१२ वडा कार्यालय भवन तोडफोड आगजनी
११- एमाले, कांग्रेस, माओवादी र जनमोर्चा पार्टी कार्यालयमा आगजनी
१२- मुख्यमन्त्री यामलाल कंडेल, वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालको घरमा आगजनी
१३- कांग्रेस नेता पुर्ण बहादुर खड्का र डा. डम्बर खड्काको घरमा आगजनी
१४- माया पेट्रोल पम्प तोडफोड
१५- केही सरकरी सवारी साधनमा तोडफोड तथा आगजनी
संवाददाता । बुधबार, भदौ २५, २०८२ मा प्रकाशित