Karnali Media
२०८३ असार १४ , आइतबार

‘संसद् भवनभित्र ३२ जना मृत फेला परेको भन्ने सूचना भ्रामक’ : प्रहरी



काठमाडौं । संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने सूचना भ्रामक भएको पुष्टि भएको छ। मंगलबार सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनेको सो सूचना भ्रामक रहेको नेपाल प्रहरीले बताएको छ।

नेपाल प्रहरीले बुधबार बिहान एक सूचना सार्वजनिक गर्दै ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने सूचनालाई भ्रामक बताएको छ।


साथै, यस परिस्थितिमा जनमानसमा डर त्रास फैलाउने किसिमका नकारात्मक समाचार सिर्जना नगर्न प्रहरीले अनुरोध गरेको छ।

यसैबीच, नेपाली सेनाकोे जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको र बिहीबार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार