सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जेन–जेड युवाहरूले विशाल प्रदर्शन गर्दा करिब ५ हजार युवा सडकमा उत्रिए। प्रदर्शनका क्रममा सुरक्षा निकायसँग झडप हुँदा बजार, सरकारी कार्यालय र नेताहरूको आवास आसपास मानविय र भौतिक क्षति भएको छ।
यस्तो अवस्थामा घाइतेको प्राथमिक उपचारका लागि नेपाल रेडक्रस सोसाइटी (NRCS) कर्णाली प्रदेश र सुर्खेत जिल्ला शाखाले तत्काल तालिम प्राप्त प्राथमिक उपचार टोली परिचालन गर्दै घाइतेहरूलाई उद्धार र जीवनरक्षक उपचार प्रदान गरेको छ।
प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये रेडक्रसले सुर्खेतमा ८६ जना घाइते उपचार गरेको छ। जसमा २ जनाको अवस्था गम्भिर भएको क कारण तुरुन्त अस्पताल पठाइएको थियो। यसते मुगुमा पनि ५ जनालाई प्राथमिक उपचार गरेको छ।
प्रदर्शनमा घाइते भएका कुल ९१ जनाको रेडक्रसको प्राथमिक उपचार गरी उनीहरको उपचार र उद्धारमा महत्वपूर्ण भमिका निर्वाह गरेको छ।

NRCS ले लगातार झडप, सडक अवरोध र सीमित स्रोतका बाबजुद पनि सबैलाई सुरक्षित प्राथमिक उपचार पुर्याएर आफ्नो तटस्थ र मानवतावादी भूमिका निर्वाह गरेको बताएको छ।
कोर प्राथमिक उपचार टोली (कर्णाली प्रतिक्रिया) मा राजकुमार क्षेत्री (टीम म्यानेजर), अविषेक ओझा (टीम लिड), यज्ञ लमिछाने (सह–टीम लिड), केसर गौतम, चेतन सुवेदी, सम्झना खत्री, बसन्त रेग्मी, देवी सरा सरु मगर, अमूल्य वैष, प्रेम बोहोरा, आसा शाही, नेब बिष्ट लगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।
तस्बिरहरुः
संवाददाता । बुधबार, भदौ २५, २०८२ मा प्रकाशित