सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा रहेको टास्किङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार साँझ साढे ७ बजेतिर नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा खटिएको टोलीले ६० हजार रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का देवेन्द्र अधिकारी, धर्म भण्डारी, वर्षीय तेजराम पाण्डे, वर्षीय तिलक प्रसाद पौडेल, वीरेन्द्रनगर–४ का गणेश खड्का, टेक बहादुर गिरी र वीरेन्द्रनगर–८ का रबिन्द्र थापा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनले जुवातास खेलको आरोपमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। यससँगै टास्किङ होटलका सञ्चालक सन्देश रावतमाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ।
संवाददाता । शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित