Karnali Media
२०८३ असार १४ , आइतबार

नवनियुक्त तीन मन्त्रीहरूको शपथ साढे ११ बजे हुँदै



 

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ ।


नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार