Karnali Media
२०८३ भदौ २९ , सोमबार

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित नियन्त्रणमा



दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

गाउँपालिकामा सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो।


कार्कीले सेवाग्राहीसँग रु. एक लाख घुस लिएर बसेको अवस्थामा असोज २ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकको एक नास्ता पसलबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

हाल उनीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार