सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमामाथि कुटपिट गर्दा मृत्यु भएको छ।
कार्तिक १४ गते बिहान करिब ७ बजेको समयमा स्थानीय ३०–३५ वर्षका कबिराम बस्नेतले आफ्नै आमा करिब ५० वर्षकी धनिकला बस्नेतलाई घरमै सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो। तर बिहान करिब ८:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि फरार रहेका छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







संवाददाता । शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित