सुर्खेत । मिड–वेस्टर्न फिटनेस सेन्टरको इभिनिङ जुम्बा ग्रुपले देउसिभैलो २०८२ बाट संकलित रकमको केहि अंश समाजसेवामूलक कार्यमा प्रयोग गर्दै एक प्रेरणादायी पहल गरेको छ।
समूहले सो रकमबाट वीरेन्द्रनगर–१२, नेवारेस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका ८१ जनालाई बिहानको भोजन वितरण गरेको छ। साथै, वीरेन्द्रनगर–९, लाटिकोइलीस्थित प्रशान्ती वृद्धाश्रममा बसोबास गर्दै आएका ३५ जना परिवारविहीन वृद्धवृद्धालाई जाडो मौसमका लागि न्यानो कपडा पनि वितरण गरिएको हो।
कार्यक्रम जुम्बा गुरु विनोद सोती मगरको संयोजनमा सम्पन्न भएको हो। देउसिभैलोबाट संकलित रकमलाई यसरी मानवसेवामा प्रयोग गर्न पाउँदा समूहका सदस्यहरू अत्यन्त खुशी र गर्वानुभूति भएको टिम लिडर सोती मगरले बताएका छन्।
उनीहरूले यस्तो मानवीय कार्यले “नाचगानसँगै सामाजिक जिम्मेवारी पनि बहन गर्न सकिन्छ” भन्ने सन्देश दिएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
देउसिभैलो टिममा विनोद सोती मगर (जुम्बा गुरु), सिर्जना बुढाथोकी, निशा आचार्य, मनिषा गुरुङ, रन्जु गिरि, सभ्यता गौतम, टिका ढकाल, विनय थापा, विन्द्रा गुरुङ, निम बुढा, रोजी आचार्य, नन्दनी सिंह, झरना ढकाल, रेभा सिंह, सिला र पूजा रहेका थिए।







संवाददाता । मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित