मध्यम क्षमताका मोटरसाइकल सेग्मेन्टमा विश्वभर लोकप्रिय रोयल एनफिल्डले नेपालमा नयाँ रूपरङ र सुविधासहितको २०२५ मेटिओर ३५० लाइनअप आज सार्वजनिक गरेको छ। सात नयाँ रङ विकल्प र चार भेरियन्टसहित आएको नयाँ मेटिओर ३५०ले क्रूजर मोटरसाइकलको अनुभवलाई नयाँ स्तरमा पुर्याएको कम्पनीले जनाएको छ।
नयाँ मेटिओर ३५० फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा भेरियन्टमा बजारमा आउनेछ। फायरबल सबैभन्दा किफायती भेरियन्ट हो भने सुपरनोभा शीर्ष श्रेणीको मोडल हो। मूल्य रु ५,७७,००० बाट सुरु हुन्छ।
३४९ सिसीको जे–सिरिज इन्जिनयुक्त मोटरसाइकलले २०.२ BHP शक्ति र २७ एनएम टर्क उत्पादन गर्छ। नयाँ संस्करणमा सबै मोडलमा स्ट्यान्डर्ड एलईडी हेडलाइट, सुधारिएको रङ संयोजन र अद्यावधिक सुविधाहरू थपिएको कम्पनीले जानकारी दिएको छ।
नेपाली बजारमा क्रूजर मन पराउने युवादेखि लामो यात्राका शौकीन सवारसम्म सबैलाई लक्षित गर्दै ल्याइएको यो मोटरसाइकलले आरामदायी सिट, सहज सवारी आसन र दिगो प्रदर्शनलाई प्राथमिकता दिएको छ।
- तस्बिरः सुर्खेतमा रोयल एनफिल्डको नयाँ ‘२०२५ मेटिओर ३५०’ लाइनअप सार्वजनिक कार्यक्रम
यो मोडल ६५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। यसले ‘Indian Motorcycle of the Year 2021’ जस्ता प्रतिष्ठित उपाधि जितिसकेको छ।
नयाँ मेटिओर ३५० अब Urban Kit र Grand Tourer Kit नामक दुई नयाँ एक्सेसरी प्याकेजसहित पनि उपलब्ध छ, जसले मोटरसाइकलको डिजाइन र कार्यक्षमता दुवैलाई उन्नत बनाउँछ।
रोयल एनफिल्डले आफ्ना सबै मोटरसाइकलमा अब ७ वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा पनि उपलब्ध गराएको छ।
नयाँ मेटिओर ३५० नेपालभरका रॉयल एनफिल्ड शोरूमहरू तथा कम्पनीको वेबसाइटमार्फत अवलोकन र बुकिङ गर्न सकिन्छ।








संवाददाता । शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित