Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपाली कांग्रेस सुधार अभियान सुर्खेत जिल्ला संयोजकमा बालकृष्ण हमाल नियुक्त



सुर्खेत । नेपाली कांग्रेस सुधार अभियान (अन्डर ४०) ले देशभर आफ्नो संरचना विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको नेतृत्व बालकृष्ण हमाल चालिसेले पाएका छन्। काठमाडौंस्थित केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार हमाललाई सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी तोकिएको हो।

जिल्लामा सक्रिय युवा नेता हमाललाई जिम्मेवारी दिएको सूचना सार्वजनिक भएपछि कांग्रेसभित्र तथा स्थानीय राजनीतिक वृत्तमा सकारात्मक चर्चा सुरु भएको छ। पार्टीभित्र युवाको सशक्त सहभागिता, पारदर्शिता र सुधारवादी अभियानलाई गतिशील बनाउने उद्देश्यले सुधार अभियानले ४० वर्षमुनिका अनुभवी युवालाई नेतृत्वमा अघि सारेको बताइएको छ।


जिल्ला संयोजकमा नियुक्त भएका बालकृष्ण हमाल चालिसेले आफ्नो जिम्मेवारी पुरा गर्न लागिपर्ने र नेपाली कांग्रेस सुधार अभियानमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन्। विशेषगरी ४० बर्षमूनीका युवाहरुको आवाज बनेर काम गर्ने उनको भनाई छ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार