सुर्खेत । सुर्खेत महिला जेसिज र वीरेन्द्रनगर जेसिजकाे आयाेजना तथा फ्युचर नेपालको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतको पिपल चौतारामा वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवारबिच ‘ककस’ कार्यक्रम भएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि विभिन्न राजनितिन दलबाट नगरप्रमुखको उम्मेदवार तथा वीरेन्द्रनगर बासी युवा, बिद्यार्थी, समाजसेवी, तथा आमनागरिकको उपस्थितिमा ‘ककस’ गरिएको हो ।
स्थानिय निर्वाचन नजिकिदै गर्दा उम्मेदवारले बनाएका योजना, घोषणापत्र र वीरेन्द्रनगरबासिले किन भोट गर्ने ? के छन योजना ? यस्ता बिषयमा छलफल भएको थियो । कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल तथा एकीकृत समाजबादिबाट धन कुमारी जिसी (शाही)ले आफ्नो संकल्प तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो । मेयर पदमा निर्वाचित भएपछि समृद्ध वीरेन्द्रनगर बनाउन र यहाँ विभिन्न समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता पनि उम्मेदवारहरुले गरेका थिए । कार्यक्रममा स्थानीय नागरिक तथा युवाहरुले आफ्नो प्रश्न र सुझाबहरु पनि राखेका थिए ।
उक्त कार्यक्रमकाे अध्यक्षता महिला जेसिजकाे तर्फबाट मनिसा काैसल र वीरेन्द्रनगर जेसीजबाट शैलेन्द्र पाठक गर्नुभएको थियो यस्तै कार्यक्रमको सहजीकरण सुर्खेत महिला जेसिजकी कार्यकारिणी उपाध्यक्ष सीता भण्डारीले गर्नु भएकोे थियाे ।
संवाददाता । मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित