सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–८ कुम्भिकोटस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ६४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
सुर्खेतस्थित गंगामाला डेन्टल केयर होमका सञ्चालक लोकेश कुमार बोहराले आफ्नो जन्मगाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन्। उनले आफू यही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेको स्मरण गर्दै, त्यसबेलाको अनुभव र हालको अवस्थालाई ध्यानमा राखी सहयोग गरेको बताए।
जाडो मौसममा विद्यार्थीहरूलाई पठन–पाठनमा सहजता होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बोहराको भनाइ छ।
विद्यालय परिवारले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा बढ्ने विश्वास व्यक्त गरेको छ।






संवाददाता । सोमबार, पुष २१, २०८२ मा प्रकाशित