Karnali Media
२०८३ जेठ ३० , शनिबार

लायन्स सप्ताहको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न



सुर्खेत । लायन्स अन्तर्राष्ट्रियका जन्मदाता मेल्विन जोन्सको जन्मदिनको अवसरमा हरेक वर्ष जनवरी ७ देखि १३ तारिखसम्म मनाइने लायन्स सप्ताह अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित पिपलचौतारामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

लायन्स क्लब सुर्खेत सिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय, युवा तथा लायन्स सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममार्फत मानव सेवामा समर्पित लायन्सको मूल मर्मअनुसार समाजका लागि आवश्यक र जीवनरक्षक सेवा प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।


लायन्स क्लब सुर्खेत सिटीकी अध्यक्ष सिलु थापाले रक्तदान जस्तो पुण्य कार्यले आपतकालीन अवस्थामा धेरैको ज्यान बचाउन सहयोग पुग्ने बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्न सबैलाई नियमित रूपमा यस्ता कार्यक्रममा सहभागी हुन आग्रह गरिन्।

लायन्स सप्ताहको अवसरमा आगामी दिनहरूमा पनि विभिन्न सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने क्लबले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार