काठमाडौं — प्रतिनिधिसभाको बैठक सुरु भएको आठ दिनमै सबै संसदीय समिति गठन भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत तथा संयुक्त समितिहरू गठनको प्रस्ताव पारित गर्दै सदस्यहरूको नामावली पनि स्वीकृत गरेको हो।
संघीय संसद् अन्तर्गत रहेका १६ वटा विषयगत समितिमध्ये राष्ट्रिय सभातर्फका चार समिति यसअघि नै गठन भइसकेका थिए। प्रतिनिधिसभातर्फ १० वटा विषयगत समिति र दुई वटा संयुक्त समिति रहेका छन्।
सार्वजनिक लेखा समिति गठन
प्रतिनिधिसभाअन्तर्गतको महत्वपूर्ण समिति सार्वजनिक लेखा समिति पनि गठन गरिएको छ। २६ सदस्यीय उक्त समितिमा विभिन्न दलका सांसदहरू समावेश छन्।
समितिका सदस्यहरूमा अमृता बिक, आरेन राई, इन्दिरा राना मगर, ऐनबहादुर महर, कृपा महर्जन, कान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेश सिंह ठगुन्ना, गोविन्द पन्थी, जनकराज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरतबहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेश कुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सिताराम साह रहेका छन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा २६ सदस्य चयन भएसँगै अब यसको नेतृत्व कसले पाउने भन्ने विषयमा राजनीतिक चासो बढेको छ ।
नवगठित समितिले अब सरकारी खर्च, अनियमितता तथा सार्वजनिक निकायहरूको वित्तीय पारदर्शितामाथि निगरानी गर्ने जिम्मेवारी पाउनेछ।






संवाददाता । शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित