सुर्खेत । रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ। मिड–साइज मोटरसाइकल सेग्मेन्टमा अग्रणी कम्पनीले बोबर–इन्स्पायर्ड डिजाइनमा तयार गरिएको यो नयाँ मोडल स्वतन्त्र र मुक्त जीवनशैली झल्काउने शैलीसहित बजारमा ल्याएको जनाएको छ।
नयाँ मोटरसाइकलमा ३४९ सीसी एयर–अइल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो इन्जिनलाई ‘लेड–ब्याक बोबर’ शैली अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ। साथै, ५–स्पिड गियरबक्सले सहरको भीडभाडदेखि राजमार्गसम्म सहज गियर सिफ्टिङ सुनिश्चित गर्छ।
मोटरसाइकलमा असिस्ट–एन्ड–स्लिपर क्लच, अपग्रेड गरिएको USB Type-C चार्जिङ पोर्ट र डाउनशिफ्ट नियन्त्रण प्रणाली जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। यी सुविधाले राइडरलाई थप सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।
डिजाइनतर्फ ‘गोवन क्लासिक ३५०’ ले सिग्नेचर सिंगल–सिट बोबर स्टाइललाई कायम राखेको छ। फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप एल्युमिनियम ट्युबलेस स्पोक ह्विल, चपर–स्टाइल फेन्डर, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई प्रिमियम र आकर्षक लुक दिएका छन्।
यो मोटरसाइकल नेपालभरका आधिकारिक शोरुममार्फत उपलब्ध हुने जनाइएको छ।
मूल्य (एक्स–शोरुम):
Shack Black & Purple Haze — रु ५ लाख ९८ हजार
Trip Teal & Rave Red — रु ६ लाख २ हजार






संवाददाता । बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित