Karnali Media
२०८३ जेठ २६ , मंगलबार

देउती मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर राप्रपा भेरीगंगा-१ को चुनावी अभियान सुरु



सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गैरहेको छ । अहिले विभिन्न राजनीति दल तथा उम्मेदवार चुनावी प्रचार प्रसारमा व्यस्त छन । भेरीगंगा नगरपालिका १ सुर्खेतमा भने राप्रपाका वडा अध्यक्ष सहितका उम्मेदवारले मनिरामकाडा को देउती मन्दिर मा भ्रष्टाचार नगर्ने कसम खाएर राप्रपा भेरीगंगा १ को चुनावी अभियान सुरु गरेका छन ।

राप्रपाबाट भेरीगंगा १ का वडा अध्यक्षका उम्मेदवार प्रेम बिसी महिला सदस्य पदका उम्मेदवार धर्मशिला जैसी, दलित महिला सदस्य पदका उम्मेदवार मनसरा बिश्वकर्मा, खुल्ला सदस्य पदका उम्मेदवार टोप बहादुर बुढा र बम बहादुर भाटले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ त्यसैले आफुहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उदेश्यले देउती मन्दिरलाई साची राखेर कसम खाएको वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बिसीले बताउनुभयो ।


यस्तै भेरिगंगा नगरपालिकामा राप्रपाबाट नगरप्रमुखमा गोपाल हमाल र नगरउपप्रमुखमा मिना बिसी चुनावी मैदानमा हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २१ गते बुधबार