सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीय दुईपांग्रे सवारी साधनको प्रयोग विस्तार हुँदै गएको छ। यसैक्रममा भारतमा निर्मित लोकप्रिय इलेक्ट्रिक स्कुटर Ampere Nexus electric scooter को आधिकारिक सोरुम सुर्खेतमा उद्घाटन गरिएको छ।
उक्त स्कुटरको आधिकारिक बिक्रेता अेसिस बिजनेस सेन्टरले आजदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको जनाएको छ। उद्घाटन कार्यक्रममा व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अेसिस बिजनेस सेन्टरका सञ्चालक कृष्णा भण्डारीले कर्णालीमा वातावरणमैत्री सवारी साधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै यसले दीगो यातायात प्रणाली विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
Ampere Nexus electric scooter मा ३ kWh क्षमताको LFP ब्याट्री, करिब १०० किलोमिटर वास्तविक रेन्ज र ९३ किमी प्रतिघण्टा अधिकतम गति जस्ता विशेषता रहेका छन्। साथै, यसमा आधुनिक प्रविधि जडित विभिन्न फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ। स्कुटरमा ५ वर्ष वा ७५,००० किलोमिटरको ब्याट्री वारेन्टी उपलब्ध रहेको छ। उक्त स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।
कर्णालीमा विद्युतीय सवारीको पहुँच विस्तारसँगै यस्ता सोरुमहरूको स्थापना दीर्घकालीन रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ।






संवाददाता । सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित