सुर्खेत । सुर्खेत महिला जेसीज ले जेसीज सप्ताह २०२६ अन्तर्गत सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने विभिन्न सामाजिक, नेतृत्व विकास तथा सम्मान कार्यक्रमबारे जानकारी गराइएको हो।
कार्यक्रम सुर्खेत महिला जेसीजका अध्यक्ष मनु सुनार को अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थापक महासचिव तथा सुर्खेत महिला जेसीज वर्ष २०१३ की अध्यक्ष ज्योति कार्की पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
यस्तो छ सप्ताहव्यापी कार्यक्रम तालिका
- जेठ १५ गते — उद्घाटन तथा तुलसी स्मृति वक्तृत्वकला प्रतियोगिता, बिहान ११ बजे, शुभ होटल
- जेठ १६ गते — रक्तदान कार्यक्रम, बिहान ६ बजे, मंगलगढी चोक
- जेठ १७ गते — नेतृत्व विकास तालिम, बिहान ११ बजे, शुभ होटल
- जेठ २२ गते — स्वास्थ्य शिविर कार्यक्रम, दिउँसो १ बजे, वडा नं. ६ कार्यालय
- जेठ २३ गते — नारी सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम, बिहान ११ बजे, शुभ होटल
पत्रकार सम्मेलनमा सप्ताहव्यापी कार्यक्रमका उद्देश्य, गतिविधि तथा आगामी योजनाबारे जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२४ की राष्ट्रिय उपाध्यक्ष सीता भण्डारी, वर्ष २०१५ की अध्यक्ष सुस्मा गिरी, वर्ष २०१८ की अध्यक्ष कृति गुभाजु शाक्य, वर्ष २०२० की अध्यक्ष प्रमी शाक्य लगायत बोर्ड पदाधिकारी, सदस्य तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रममार्फत महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ।






संवाददाता । बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित