सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वीरेन्द्रनगर नगरपालिका वडा नं. १६, गर्पनको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट धर्मराज लामिछानेको नेतृत्वमा नयाँ वडा समिति चयन गरिएको छ।
अधिवेशनबाट धर्मराज लामिछाने सभापतिमा सर्वसम्मत भएका छन् भने उपसभापतिमा कुमार खड्का र सचिवमा भानुभक्त पौडेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमल खड्का, प्रेमबहादुर राना, डिलबहादुर विश्वकर्मा, भीमबहादुर सार्की, तिलक आचार्य तथा सान्ता छन्तेल चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सहभागी वक्ताहरूले जनताको विश्वास र अपेक्षाअनुसार काम गर्दै संगठन विस्तार, सुशासन तथा स्थानीय विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
अधिवेशनमा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा स्थानीय नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै नेताहरूले रास्वपाप्रति बढ्दो जनविश्वासले वैकल्पिक राजनीतिको आवश्यकता पुष्टि गरेको बताएका थिए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति मदन खड्का, प्रतिनिधिसभा सदस्य तथा सुर्खेत जिल्ला सभापति रमेश कुमार सापकोटा, सुर्खेत जिल्ला कार्यवाहक सभापति गोविन्द शर्मा र वीरेन्द्रनगर नगर सभापति लक्ष्मण कँडेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनले वडा तहमा संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक तथा सामाजिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।






संवाददाता । बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित